News Griha :: न्यूजगृह
शिक्षकको तलबभत्ताबारे स्थानीय तहलाई केन्द्रको पत्र

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले आधारभूत तथा माध्यमिक तह शिक्षकको नपुग तलबभत्ताबारे स्थानीय तहलाई पत्र पठाएको छ ।

गत जेठ ३२ गते पत्र पठाउँदै केन्द्रले आधारभूत तथा माध्यमित तहमा स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलबभत्ता शीर्षकमा बजेट स्वीकृत भई सम्बन्धित स्थानीय तहको एलएमबीआईएसमा प्रविष्ट भइसकेको जनाएको छ ।

केन्द्रले केही नगरको भने नपुग भई माग भएको बजेट वित्तीय हस्तान्तरणको क्रममा रहेको जनाएको छ ।

शिक्षा तथा समन्वय इकाईलाई उक्त विषयको सूचना सम्प्रेषण,आवश्यक समन्वय र सहजीकरण गरिदिन केन्द्रले पत्रमार्फत अनुरोध गरेको छ । 

पत्र यस्तो छ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १७:५५
राजनीति
Weather Update