News Griha :: न्यूजगृह
सरकारले मधेससँगको सहमति कार्यान्वयन गरेन : महन्थ ठाकुर 

काठमाडौं— सांसद महन्थ ठाकुरले सरकारले मधेस आन्दोलनबारे गरेका सहमति कार्यान्वयन नगरेको गुनासो गरेका छन् । 

विभिन्न सरकारको पालामा मधेस आन्दोनलबारे सहमति भएपनि पूर्ण कार्यान्वयन नभएको उनको भनाइ छ । ‘प्रत्येक प्रधानमन्त्रीसँग हाम्रो सम्झौता भएको छ । जेलमा बसेका राजबन्दीलाई छोड्ने छ । मुद्दा फिर्ता लिनेछ । जो शहीद भए । ज्यान दिए उसको परिवारलाई आश्रितलाई चै १० लाखसम्म दिने छ । सुनसरीको दुईजनाले अहिलेसम्म रकम पाएको छैनन् ।’

उनले सशस्त्र द्वन्द्वलगायतका द्वन्द्वमा सहभागी कोही पनि जेलमा नरहेको तर, मेधस आन्दोलनका आन्दोलनकारी अझै जेलमा रहेको भन्दै असन्तुष्टि पोखे । 

त्यस्तै, नागरिकताको विषयलाई लिएर मधेसप्रति अनेक भ्रम फैलाइएको भन्दै उनले असन्तुष्टि पोखे । उनले नागरिकताको विषय बडो संवेदनशील रहेको भन्दै एकजना पूर्वप्रधानमन्त्रीले समेत भ्रम फैलाएको जिकिर गरे । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १७:५१
Weather Update