
काठमाडौं— नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद भट्टराईले भने, ‘नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो । आज त्यस्तै भइरहेको छ ।’
उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताए ।
उनु भयो। उहाँले यदी ग्राउण्ड ह्याण्डिलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताउनु भयो। उहाँले वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताउनु भयो।
उनले निगमलाई कति कर्मचारी आवश्यक हो भन्ने विषयमा मूल्यांकन गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको बताए । ‘नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरूका कर्मचारी ११ सय छन् । वायुसेवा निगमसँग ४ वटा जहाज छन् ३ हजार कर्मचारी किन चाहियो ?’