News Griha :: न्यूजगृह
अमेरिकामा आँधीले २६ जनाको मृत्यु, राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं— आँधीले अमेरिकामा ठूलो क्षति गरेको छ । आँधीका कारण २६ जना अमेरिकीले ज्यान गुमाएका छन् ।

सरकारले मीसेसीपीमा राष्ट्रिय आपतकालको घोषणा गरेको छ ।  तीव्र गतिको आँधी कारण घर भत्कँदा २६ जनाको मृत्यु भएपछि गभर्नर टाटे रेभ्स्ले राष्ट्रिय आपतकालको घोषणा गरेका हुन् ।

उक्त आँधीमा परेर हराइरहेका मानिसको खोजी र उद्धारको काम भइरहेको छ ।

तीव्र गतिको आँधीका कारण घरहरू भत्किएर केही मानिस भग्नावशेषमा फसेको बीबीसीले जनाएको छ । आँधीपछि मीसेसीपीका धेरै ग्रामीण क्षेत्रमा बिजुली अवरुद्ध छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ०७:०३
Weather Update