News Griha :: न्यूजगृह
डोजर ड्राइभर नै इन्जिनियर बन्दा बाढीपहिरोको जोखिम बढ्यो : सांसद खतिवडा

काठमाडौं—  सांसद रामहरि खतिवडाले ओखलढुङ्गामा पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा पहिरोबाट पुगेको क्षतिबारे जानकारी गराउँदै सांसद खतिवडाले विस्थापित हुन लागेको गाउँलाई बसोबासका लागि पहल गर्न आग्रह गरे । 

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा गएराति गएको पहिरोमा परी १८ महिने शिशु सहित एकै परिवारको चार जनाको मृत्यु भएको छ । पशुचौपाया र खेतीबालीमा ठूलो क्षति पुगेको छ । 

इन्जिनियरिङ मूल्याङ्कनबिना जथाभावी बाटो खन्दा पहिरो जाने जोखिम बढेको सांसद खतिवडाको भनाइ छ । ‘डोजर ड्राइभर नै इन्जियनिर बनेर बाटो खन्दाको परिणाम देशव्यापी समस्या आएको छ, त्योबारे सरकारको ध्यान जाओस्,’ उनले भने ।  

उनले पहाडी क्षेत्रलाई ‘लखनपूर’ बनाइएको भन्दै असन्तुष्टि पोखे । ‘खन्ने अनि पुर्ने– लखनपुर भयो, यसले पहाडी क्षेत्रमा बाढी र पहिरोको प्रकोप बढायो,’ उनले सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ११:३०
Weather Update