
काठमाडौं— टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेका पाँच जना यात्रुको मृत्यु भएको छ । अमेरिकी तटरक्षकहरूले पनडुब्बीमा सवार सबै जनाको मृत्यु भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
पनडुब्बीमा पाकिस्तानी मूलका बेलायती अर्बपति व्यवसायी ४८ वर्षीय दाउद शाहजादा र १९ वर्षे उनका छोरा सुलेमान थिए । अर्का ५८ वर्षिय बेलायती अर्बपति हार्डिङ उक्त पनडुब्बीमा सवार थिए । यस्तै, ७७ वर्षीय गोताखोर पल अन्नी नार्गेओ र टाइटानिकसम्मको यात्रा गराउने ओशनगेट कम्पनीका ६१ वर्षीय प्रमुख कार्यकारी स्टक्टन रश थिए ।
उत्तरी आन्ध्र महासागरमा डुबेको टाइटन पनडुब्बी आइतरबारदेखि हराइरहेको थियो । उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेको छन् । सम्पर्कविहीन भएसँगै उक्त पनडुब्बीको खोजी कार्य तीव्र पारिएको थियो ।
सन् १९९२ मा डुबेको टाइटानिकको भग्नावशेष पानीको सतहभन्दा ३ हजार ८ सय मिटर गहिराइमा छ ।