राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं— राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा डा.बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आआफ्नो धारणा राख्नेछन् ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ ०६:५३













