![बालविकास शिक्षक केन्द्रीय समितिले बुझायो बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र [तस्बिरहरू पनि]](https://newsgriha.com/uploads/posts/brb-ecd1687481550.jpg)
काठमाडौं— बालविकास शिक्षक केन्द्रीय समितिले नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
केन्द्रीय अध्यक्ष कृष्ण कुमारी थापा मगर नेतृत्वको एक टोलीले अध्यक्ष डा.भट्टराईलाई नेसपाको पार्टी कार्यालय तीनकुनेमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
वर्षौंदेखि न्यून तलबसुविधामा सामुदायिक विद्यालयमा कार्य गर्दै आएका बालविकास सहजकर्ताहरूले डा.भट्टराईसमक्ष आफ्ना माग पूरा गराउन पहल गरिदिन आग्रह गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै डा.भट्टराईले बालविकास शिक्षकहरुले उठाएका मागप्रति गम्भीर रहेको बताउँदै आफू सांसद तथा सरकारमा नरहे पनि माग पूरा गराउन सरकारलाई भन्ने बताए ।
बालविकास शिक्षकहरुले एकद्वार प्रणालीबाट तलब, प्रावि तह सरह सेवासुविधा, पेसागत स्थायित्व, दरबन्दी, गोल्डेनह्याण्डसेकलगायतका माग उठाउँदै आएका छन् ।