प्रश्नोत्तर
प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको जवाफ दिने

काठमाडौं— प्रतिनिधि सभा बैठक शुक्रबार बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि सभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदैछन् ।
बैठकमा विनियोजन विद्येयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफलअन्तर्गत चार वटा मन्त्रालयसहितको बजेट शीर्षकमाथि छलफल हुनेछ ।
जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुन लागेको हो ।
बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ०६:१७