यी क्षेत्रमा भारी वर्षा

काठमाडौं— पूर्वी पहाडी क्षेत्रमा शुक्रबार बिहान भारी वर्षा भएको छ ।
झापाको केचनालगायत भारतसँग सीमा जोडिएका नेपालका ठाउँमा भारी वर्षा भएको नेपाल फ्ल्ड अलर्टले जनाएको छ ।
नवलपरासी, रूपन्देही, पाल्पा, कैलाली र आसपास केही स्थानमा पनि भारी वर्षा भएको छ ।
त्यस क्षेत्रका साना नदीहरूमा बाढी आउनुको साथै होचा स्थानमा डुवान हुन सक्ने नेपाल फ्ल्ड अलर्टको भनाइ छ ।
तिनाउ नदी तटिय क्षेत्रमा पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ०५:५८