माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं— नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पत्र पठाउँदै बैठकको जानकारी गराएका हुन् ।
बैठक आगामी असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ ।
‘केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिका सदस्यहरू, तीनवटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने भएकाले आ–आफ्ना प्रदेशका सम्बन्धित कमरेडहरूलाई जानकारी गराउनु हुनेछ,’ पत्रमा भनिएको छ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १९:२८