News Griha :: न्यूजगृह
नागरिकता ऐन कार्यान्वयन हुने  

काठमाडौं—  राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ ।

सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई बिहीबार निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन यसअघि डा। मनोजकुमार शर्माले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूको सन्तानले वंशजको आधारमा नागरिकता पाउन बाटो खुलेको छ ।

नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक रोक्ने सर्वोच्चको निर्णयविरुद्ध आन्दोलित युवाहरूले माइतीघरमा विरोध प्रदर्शनसहित दिनहुँ धर्ना दिँदै आएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:३५
Weather Update