करेन्ट चाउचाउ : ‘बाँड्दै खुसीका स्वादहरू’

काठमाडौं— यशोदा फुड्सले प्याकेजिङको चाउचाउको उपयोगिता झल्काउने सन्देशमूलक भिडिओ सार्वजनिक गरेको छ । ‘बाँड्दै खुसीका स्वादहरू’ नामक भिडिओ सन्देश हो— बाँडेर खानु र आवश्यक परेकालाई सहायता गर्न नै मानवताको परिचय ।
भिडिओमा ‘एक हाँसो मेरो उपहार तिमीलाई, एक हाँसो तिम्रो उपहार मलाई’ बोलको गीत समावेश छ । उक्त गीतले ‘हाँसो दिए, बदलामा हाँसो नै पाइन्छ’ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको छ ।
त्यस्तै सो भिडिओले सहयोगी भावनालाई जागृत पार्ने प्रयास गरेको छ । यशोदा फुड्सले सो भिडिओमार्फत काठमाडौंमा २० रुपैयाँमा पाइने ३ वटा नयाँ स्वादका चाउचाउ सार्वजनिक गरेको छ । करेन्टले २० रुपैयाँ पर्ने प्याकेजिङको चाउचाउमा पनि बजारमा बलियो उपस्थिति जनाउने छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १७:१४