प्रेम चलाउनेलाई आक्रमण गर्नेहरूको मुद्दा फिर्ता नहुने, सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं— सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न बिहीबार अन्तरिम आदेश दिएको हो ।
आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउने बुधबार सर्वोच्च अदालत गएका थिए ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १६:२३