एकीकरण भएकैले नेपाली भएर बाच्न पाइएको छ : इतिहासविद् पन्त

काठमाडौं— इतिहासविद् दिनेशराज पन्तले नेपाल एकीकरण भएकैले नेपाली भएर बाच्न पाइएको टिप्पणी गरेका छन् ।
बिहीबार श्री ३ जङ्ग बहादुर राणाको २०७ औँ जन्मजयन्ती समारोहमा उनले पृथ्वी नारायण शाहले एकीकरण गरेकैले अहिले नेपाली भएर बाच्न पाइएको टिप्पणी गरे।
उनले भने, ‘पृथ्वी नारायण शाहले नेपालको पुर्न एकीकरण नगरिदिएको भए । अस्ताउँदो मुसलमानी शक्तिको उदाउँदो अङ्ग्रेजी शक्तिको कारण आज हामी नेपाली भएर बाच्न पाउदैनौँ थियौं ।’
त्यस्तै इतिहास अपूर्ण हुनसक्ने भएपनि अशुद्ध नहुने जिकिर गरे ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १६:०४