News Griha :: न्यूजगृह
घनश्याम भुसाल भन्छन्— गति पैदा नगरे समाजवादी मोर्चा दुर्घटनामा

काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हालै गठन भएको समाजवादी मोर्चाले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन् ।

माक्सवादी ज्ञान केन्द्रको आयोजनामा बिहीबारदेखि काठमाडौंमा सुरु भएको ‘सङ्गठनात्मक कार्यशाला एवम् अभिमुखीकरण गोष्ठी’ को उद्घाटन गर्दै उनले वर्तामान आवश्यकतालाई मात्र मोर्चाले ध्यान दिए त्यसको औचित्य समाप्त हुने टिप्पणी गरे ।

उनले भने, ‘सुविचारित सही दिशामा गतिशील सकिएन भने मोर्चा मात्र होइन, अहिलेको राजनीतिक दलको औचित्य सकिन्छ ।’

इमान्दार तवरले जनतासम्म पुग्न नसक्दा चल्ता राजनीतिक दल कमजोर हुँदै गएको बताउँदै महासचिव भुसालले जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:२३
Weather Update