
काठमाडौं— काठमाडौं महानगरपालिकाले गत जेठ ३२ गते बन्द गराएको हिसान शैक्षिक मेला शुक्रबारदेखि नियमित हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले बन्द गराएको उक्त शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि फेरि हुन लागेको हो ।
बिहीबार काठमाडौंमा हिसानले पत्रकार सम्मेलन गर्दै असार ८, ९ र १० गते तीन दिन काठमाडौंको भृकुटीमण्डपमा बिहान १० देखि अपराह्न ५ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा उच्च शिक्षा तथा माध्यमकि विद्यालय संघ नेपाल हिसानका अध्यक्ष रमेश सिलवालले महानगरले आफूहरुलाई सहयोग नगरेको बताए ।
उनले भने,‘महानरले काठमाडौंलाई शिक्षाको हब बनाउछु भन्ने तर शैक्षिक मेलालाई सफल बनाउन रोक्ने गरेका छन् । यस्तो काम गर्नुको आसय नै नकारात्मक छ । नेपालबाट नेपालको आर्थिक मात्र हैन कला सांस्कृतिलाई अपमान गर्ने हक कसैलाई छैन ।’