आदिपुरुष विवाद : बालेनको निर्णयविरुद्ध उच्च अदालतको आदेश

काठमाडौं— हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् ।
नेपाल चलचित्र संघले बुधबार साहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो । फिल्म ‘आदिपुरुष’ लाई देखाएर सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउनु आपत्तिजनक भएको संघको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १४:४२