चीनको एक रेष्टुरेन्टमा विस्फोट, ३१ जनाको मृत्यु

काठमाडौं— चीनको निङ्गसिया शहरको एक बारबीक्यू रेष्टुरेन्टमा विस्फोट हुँदा कम्तिमा ३१ जनाको ज्यान गएको छ ।
रेष्टुरेन्टमा बुधबार राती विस्फोट भएको बीबीसीले जनाएको छ ।
ग्यास ट्याङ्क विस्फोट भएर थप सात जना गम्भीर घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । घटनाप्रति दुख व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेहरूको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।
यसैबीच प्रहरीले घटनापछि मालिक समेत नौ जनालाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । विस्फोटपछिको आगो निभाउन २० वटा सवारी साधनसहित १ सयभन्दा बढी अग्नि नियन्त्रक खटिएका थिए ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ११:४३