News Griha :: न्यूजगृह
सेलिब्रेटी बैङ्कर अनिलकेशरी शाह रास्वपा प्रवेश

काठमाडौं—  सेलिब्रेटी बैङ्कर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।

बालाजुस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । रास्वपाले उनलाई प्रशिक्षण विभाग प्रमुख बनाएको छ ।  शाहलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरे । रास्वपाले बिहीबार पार्टी स्थापना दिवस मनाउँदैछ ।

सोही अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दल संयुक्त बैठक बसिरहरको छ । बिहीबार दिउँसो रास्वपाले चियापान कार्यक्रमको आयोजना गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ११:२३
Weather Update