News Griha :: न्यूजगृह
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै, के आउला फैसला ? 

काठमाडौं— नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ ।

उक्त मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा पेशी चढेको छ । मुद्दाको पेशी पहिलो नम्बरमै छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले दायर गरेको रिटमा यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्ने छ । तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ ।

अघिल्लो संसदबाट राष्ट्रपति कार्यालयमा पुगेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विवाद बढेको छ। 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ११:१०
Weather Update