नेकपा एस संसदीय दलको बैठकका एजेन्डा के हुन् ?

काठमाडौं— नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ । बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुने एजेन्डा छ ।
बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन् ।
पार्टी अध्यक्ष माधव नेपालले पनि बजेटबारे असन्तुष्टि जनाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सकारात्मक देखिएका छन् ।
पार्टीका सांसदहरूले भने बजेट संशोधन नभए समर्थन गर्न नसक्ने चेतावनी दिँदै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०९:१२