News Griha :: न्यूजगृह
स्थापना दिवस मनाउँदै रास्वपा,चियापानमा सबैलाई निम्तो

काठमाडौं— आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ ।

स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम गर्ने भएको छ । बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने चियापानका लागि उसले विभिन्न राजनीतिक पार्टीका नेतालगायतलाई निम्तो दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघसंस्थाका प्रमुखलगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ । दलका प्रमुख सचेतक,सचेतकलाई पनि चियापानमा बोलाइएको छ ।

गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०७:०९
Weather Update