जसपा
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बिहान ११:३० बजे बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा विधान अधिवेशनलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकले असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्नुका साथै समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०६:१६