
२०८० साल । असार ७ गते बिहीबार । असार शुक्ल चतुर्थी तिथि । पञ्चाङ्ग हर्षण विष्टि/भद्रा अश्लेषा ।
मेष
भूमिसम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ । सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितिमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ ।
वृष
बोल्दा सचेत हुनुहोला । व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ । गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ ।
मिथुन
आफन्तको सहयोग मिल्नेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन् । पठनपाठनमा जोशजाँगर बढ्नेछ । प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।
कर्कट
दिन सामान्य राम्रो छ । काममा सफलता मिल्नेछ । उत्साह बढ्नेछ । शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ । जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ ।
सिंह
दिन राम्रो छ । बोलीमा मिठास रहनेछ । रोगबाट मुक्ति मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ ।
कन्या
दिन राम्रो नै छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ । खर्च बढ्नेछ । रोगको प्रकोप बढ्ने देखिन्छ ।
तुला
सामान्य दिन राम्रो छ । खुसी मिल्नेछ। खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक मेलमिलाप हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ । अरु क्षेत्र यथास्थितिमा छ ।
वृश्चिक
दिन सामान्य राम्रो छ । समस्याबाट नै समाधान निकाल्नुपर्नेछ । बिहान उठेर सूर्यको दर्शन गर्नुहोला । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।
धनु
दिन सामान्य राम्रो छ । मातापिताबाट सहयोग मिल्नेछ । राजनीतिमा शत्रु बढ्नेछ । आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ ।
मकर
दिन निकै राम्रो छ । बोलीको प्रभाव बढ्नेछ । व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदन मिल्नेछ । प्रेममा सफलता पाइनेछ ।
कुम्भ
मनमा उल्लास बढ्नेछ । सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ । पठनपाठनमा आलश्य बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहला ।
मीन
आम्दानी बढ्नेछ । सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ । आफन्तबाट अपमान मिल्नेछ । अनावश्यक यात्रामा ननिस्कनुहोला । रोगको प्रकोप बढ्ने देखिएको छ ।