भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्ने

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा मनसुनजन्य विपत्बाट विभिन्न जिल्लामा भएको क्षेतिको विषयमा भएको छलफलमा बोल्दै अनुगमन गर्ने बताएका हुन् ।
उनले बाढीपहिरोले सडक, पुल क्षति भएको स्थानमा पुगेर वास्तविक स्थितिको अवस्था बुझेर त्यसका निम्ति सरकारले योजना बनाउने बताए ।
उनले बिहीबार सम्बन्धित जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेर सडक तथा पुलसँग सम्बन्धित विषयमा ठोस निर्णय लिने बताए ।
जनप्रतिनिधिसँगको छलफलमा तत्काल गर्नुपर्ने कामको प्राथमिकता हेरेर ठोस योजना बनाउने तयारी रहेको उनकाे भनाइ छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १९:२९