News Griha :: न्यूजगृह
शैक्षिक मेला रोक्न बालेनको निर्देशनविरुद्ध उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिसान शैक्षिक मेला रोक्न दिएको निर्देशनविरुद्ध उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

बालेनको निर्देशनमा महानगर प्रहरीले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएशन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।

उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको बताइन् ।

उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला महानगरले बन्द गराएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १८:३९
Weather Update