नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग

काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी अदालतमा परेको मुद्दा छिटो किनारा लगाउन माग गरेका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी सर्वोच्च अदालतमा रहेको मुद्दालाई छिटो किनारा लगाउन माग गरेका हुन् ।
‘सम्मानित सर्वोच्च अदालतलाई म सम्मान गर्छु । तर सम्मानित सर्वोच्च अदालतले यस्तो महत्त्वपूर्ण चिजमा किन लिङ्गरिङ गरिरहेको छ ? कुन अदृश्य शक्तिले यो लिङ्गरिङ भइरहेको छ ? यस विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । र, यो छिटोभन्दा छिटो सम्मानित सर्वोच्च अदालतबाट पनि जुन रिट परेको छ यस विषयमा छिटो निर्णय आओस्’ उनले भने ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १८:२८