परिषद्ले बोलायो पूर्ण बैठक,पदाधिकारी, सदस्य र सातै प्रदेश अध्यक्षलाई अनिवार्य उपस्थित हुन अनुरोध

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले बिहीबार बस्नेगरी पूर्ण बैठक बोलाएको छ ।
महासचिव शान्तिनाथ योगीले मंगलबार पत्र लेख्दै पदाधिकारी, सदस्य तथा ७ वटै प्रदेशका अध्यक्षलाई बैठकमा आमन्त्रण गरेका हुन् ।
उनका अनुसार एकीकृत अखिल नेपाल शिक्षक संगठन कार्यालय बागबजारमा बेलुकी ५ बजे बैठक बस्नेछ ।
राष्ट्रिय समिति पदाधिकारी, सदस्य र प्रदेश अध्यक्षलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ । उपस्थित नभए परिषद्को विधान अनुसार कारबाही हुने महासचिव योगीले बताए ।
पूर्ण बैठकमा जारी आन्दोलन, सरकारसँग वार्ताको अवस्थालगायत अन्य केही विषयमा छलफल हुने बुझिएको छ ।
देशभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूले लामो समयदेखि विभिन्न सेवासुविधासहित पेसागत स्थायित्वको माग गरी आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १७:५७