बजेट संशोधन हुँदैमा सरकार ढल्दैन : मन्त्री शर्मा

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको बताएकी छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सुनाउँदै मन्त्री शर्माले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको बताइन् ।
उनले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरू आएको भन्दै उनले बजेटमा असन्तुष्टि जनाउनु स्वभाविक भएको बताइन् । उनले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि जानकारी दिइन् । बजेट संशोधन हुँदैमा सरकार ढल्ने भन्ने कुरा परम्परागत भएको उल्लेख गर्दै परम्परालाई तोड्नुपर्ने बताइन् ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १७:५८