मधेसका ६ जिल्लामा जनमत पार्टीले तोक्यो इन्चार्ज

जनकपुरधाम— जनमत पार्टीले मधेस प्रदेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ ।
शुक्रबार अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् ।ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गर्न जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको राउतले बताए ।
पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् ।
त्यस्तै रौतहटमा बृजकिशोर यादव, सर्लाहीमा श्रीचन राय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ १९:५६













