योगले नेपाललाई समृद्ध र सुखी बनाउँछ : अध्यक्ष ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रममा उनले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताए ।
मान्छे सम्मानित जीवन बाँचोस्, अभावरहित बाँचोस्, सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरू सबै प्रयोग गर्नसक्ने गरी बाँचोस् भन्ने अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले नेपालबाटै ज्ञान उत्पत्ति भएको बताए । योगको उत्थान गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १७:०६