News Griha :: न्यूजगृह
कानुनमन्त्रीले कानुन हातमा लिएको एमाले सचिव भट्टराईको आरोप 

काठमाडौं— एमाले सचिव योगेश भट्टराईले उपप्राध्यापकमाथिको आक्रमणको विषयमा कानुनमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा उनले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा सहभागीको मुद्दा फिर्ता लिँदै कानुनमन्त्रीले कानुन हातमा लिएको आशय व्यक्त गरेका हुन् । 

‘मभन्दा अनुभवी व्यक्ति जो विद्यार्थी नेता हुनुहुन्छ । उहाँको भाषण हामीले सुनिरहेका थियौँ । सदाचार र भ्रष्टचार विरुद्धको बारेमा । तर, उहाँ कानुनमन्त्री हुनुभयो । अब यो देश कानुनले राम्रो सुधारिन्छ होला राम्रो मान्छे ठिक ठाउँमा भयो भन्नेर हामीले खुसी व्यक्त गर्‍यौँ,’ उनले भने, ‘तर, म असाध्यै दुःखी भए कि उहाँकै हातले ती अपराधीहरूको मुद्दा फिर्ता लिने कागज हस्ताक्षर गर्नुभयो ।’

कांग्रेस उपसभापति धनराज गुरुङ संघीय सरकारको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री हुन् । उनले विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालनी गरेका थिए । 

त्यस्तै, चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १५:३७
Weather Update