
काठमाडौं— पूर्वबाल लडाकुको समूहले आफुहरूको शान्ति सुरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाट ज्यान मार्ने धम्की आएको भन्दै बुधबार आयोगमा निवेदन दर्ता गराएका हुन् ।
निवेदन दर्तापछि अयोग्य बाल लडाकु घोषित लेनिन विष्टले प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको भनेर धाकधम्की दिइ मानसिक यातना दिएको बताए ।
उनले आफ्नो र परिवारको समेत जिउधन र स्वतन्त्रताको रक्षा गरी पाऊँ भनेर निदेनमा उल्लेख गरेको जानकारी दिए ।
उनले भने, ‘हामी जनयुद्धमा प्रयोग भएका बाल सेनाहरूलाई युद्धको नतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलगायतले सर्वोच्च अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको भनेर धाकधम्की दिइ ज्यानै लिने मनोवैज्ञानिक दबाब दिइ मानसिक यातना दिने गरेकोले हाम्रो र परिवारको जिउधन र वैयक्तिक स्वतन्त्रताको रक्षा गरी पाऊँ ।’