सांसद श्रेष्ठको आग्रह : राजनीतिक लडाइँमा विद्यार्थीलाई प्रयोग नगरौँ

काठमडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिको लडाइँमा विद्यार्थीहरूलाई विवश नबनाउन सरकारसँग आग्रह गरेकी छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा राजनीतिक लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाउन सांसद श्रेष्ठले हात जोडेर सरकारसँग आग्रह गरेकी हुन् ।
‘राजनीतिक दलहरूका भ्रातृ संगठनरूपी शिक्षक र विद्यार्थीहरूको साँढे जुधाइमा वास्तवमा पढ्न मात्रै चाहने विद्यार्थीहरू बाछाको मिचाइमा परिरहेका छन् । राजनीतिको लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाऔँ,’ उनले हात जोडेर भनिन्, ‘प्लिज, विवश नबनाऔँ । उहाँहरूलाई होस्टेज नराखौँ । त्यसैले म माग पनि गर्न चाहन्छु ।’
भ्रातृ संगठनहरू जरुरी नभएको भन्दै सांसद श्रेष्ठले विद्यार्थीहरूलाई राजनीतिमा नतान्न अनुरोध समेत गरिन् ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १५:०८