News Griha :: न्यूजगृह
नारायणगढ–मुग्लिन खण्डमा पहिरो खस्दा सडक अवरुद्ध
फाइल तस्बिर ।

भरतपुर— नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । बुधबार दिउँसो २ बजे इच्छाकामना गाउँपालिका–६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

पहिरोका कारण दुईतर्फी रूपमा नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले लोडरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् । रासस

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:४२
Weather Update