धर्नाकारीमाथि प्रहरी दमन तत्काल बन्द गर : सांसद सिंह

काठमाडौं— सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माइतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरूमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भर्त्सना गरेका छन् ।
सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरे ।
बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकको शून्य समयमा उनले नागरिकतासम्बन्धी विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ नगर्न सर्वोच्च अदालतको पनि गभीर ध्यानाकर्षण गराए ।
सांसद सिंहले नागरिकता प्राप्तका लागि आन्दोलन गरिरहेका नागरिकमाथि प्रहरी दमन गर्नु उचित नभएको बताए ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १३:२१