News Griha :: न्यूजगृह
पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्छ : राजदूत श्रीवास्तव
फाइल तस्बिर ।

काठमाडौं— नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताए । 

‘पर्यटनको हिसाबले हेर्ने हो भने पोखरा एकदमै राम्रो स्थान छ । भारतबाट विभिन्न शहरका मानिस पोखरा आउने गर्दछन् । हरेक वर्ष पोखरामा योग दिवस मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ,’ उनले भने, ‘यसका लागि भरतीय दूतावास मिलेर काम गर्न तयार छ । भारतका विभिन्न प्रदेश र शहरबाट मानिसहरू अहिले पनि पोखरा आउँछन् । नयाँ सडकको माध्यमबाट भारत पोखरासँग जोडिन्छ ।’
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:०२
Weather Update