मन्त्रिपरिषद् बैठक
धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने कर छुट दिने सरकारको निर्णय, अरू के–के भए ?

काठमाडौं— सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले छुट दिने निर्णय गरेको हो ।
बैठकले नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रूपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
मन्त्री शर्माले मन्त्रिपरिषद्मा विपद्को बारेमा थप व्यवस्थापन गर्नेबारेमा छलफल भएको बताइन् ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० २०:५२