सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंहको निधन ‘अपूरणीय क्षति’ : कांग्रेस

काठमाडौं— नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित उनकी पत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहकोे निधनप्रति दुःख व्यक्त गरेको छ ।
पृथ्वीबहादुर सिंह कांग्रेस बझाङका पूर्वसभापति समेत हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गर्दै सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
कांग्रेसले घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० २०:४५