News Griha :: न्यूजगृह
सामान्य प्रशासनमन्त्री अमनलाल मोदी भन्छन्– संघीय निजामती ऐन अन्तिम चरणमा
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी ।

काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नयाँ पुस्तालाई कानुनमा बाँध्न कानुन निर्माण गर्न लागेको बताएका छन् ।

शनिबार मन्त्रालयमा आयोजित विभिन्न संवैधानिक आयोगका अध्यक्ष र सदस्यहरूसँग संघीय निजामती सेवाको विधेयकका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कानुन निर्माण गर्न लागेको बताए ।

उनले नयाँ पुस्ता कानुनको परिधिभित्र नरहेको अवस्थालाई मध्येनजर गरेर नै कानुन निर्माण गरिएको बताए । उनले नयाँ पुस्ता दण्डहीनतामा गइरहेको र भावी पुस्ताका कारण देशमाथि नै खतरा हुने हो की भन्ने डर सिर्जना भइरहेको भन्दै त्यसलाई नियन्त्रणमा राख्न नयाँ कानुनको निर्माण गरिएको पनि बताए ।

उनले संघीय निजामती ऐन अन्तिम चरणमा रहेको पनि बताए । मन्त्री माेदीले निजामती सेवाभित्रका विद्यमान विकृति न्यूनीकरण गर्न संघीय निजामती सेवा ऐन महत्त्वपूर्ण रहेको उल्लेख गरे  ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १८:२३
Weather Update