News Griha :: न्यूजगृह
कांग्रेस र एमालेको समीकरण बन्न सहज छैन : माओवादी सांसद सापकोटा

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन् । 

मंगलबार संसद्बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘अहिले नै एमाले र कांग्रेस बीचमा समीकरण भइहाल्ने र उहाँहरूले नयाँ ढंगले यो समीकरण बदल्न त्यति सजिलो वातावरण र आधार छैन । यसमा कोही तर्सिन जरुरी छैन ।’

उनले समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको बताए । समाजवादका आधारस्तम्भ निर्माण गर्न समाजवादी मोर्चा निर्माण भएको उनको भनाइ छ । ‘समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरूलाई संगठित गर्ने उद्देश्यका साथ यो मोर्चा बनेको छ,’ उनले भने । 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:२५
Weather Update