News Griha :: न्यूजगृह
शहरी विकास मन्त्रालयको विभिन्न शीर्षकमा प्रदेश नं ५ उल्लेख भएपछि...
फाइल तस्बिर : प्रतिनिधि सभा बैठक ।

काठमाडौं— सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकमा उनले बजेट पुस्तिकामा कमजोरी रहेको पाइएको र केही प्रदेशको नाम उल्लेख हुनुपर्नेमा अंक रहेको पाइएकाले सच्याउन निर्देशन दिएका हुन् । 

मंगलबारको बैठकमा छलफलका लागि तय भएको शहरी विकास मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमा लुम्बिनी प्रदेश उल्लेख हुनुपर्नेमा प्रदेश नं ५ उल्लेख भएको भन्दै केही सांसदले विरोध जनाएका थिए । विरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । 

दलका प्रतिनिधिसँगको छलफलपछि सभामुखले कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका हुन् । रासस

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १६:५२
Weather Update