News Griha :: न्यूजगृह
ब्राजिलको दूतावास बाहिर छुरा प्रहारबाट गम्भीर घाइते सुरक्षाकर्मीको मृत्यु

ट्युनिस— ट्युनिसस्थित ब्राजिलको दूतावास बाहिर सोमबार बिहान छुरा प्रहारबाट गम्भीर घाइते भएका सुरक्षा अधिकारीको उपचारकाक्रममा मृत्यु भएको छ ।

ट्युनिसियाको आन्तरिक मन्त्रालयको सूचना तथा सञ्चार कार्यालयका प्रमुख फकर बोउजघियालाई उद्धृत गर्दै ट्युनिस अफ्रिक प्रेस (ट्याप)ले  भनेको छ,‘आक्रमणकारी ५३ वर्षीय विश्वविद्यालयका प्राध्यापक हुन् ।’

बोउजघियाका अनुसार संदिग्धको कुनै आपराधिक रेकर्ड नभएको र परिवारले उनलाई मनोवैज्ञानिक समस्या भएको  बताएका छन् । आक्रमणकारीलाई खुट्टामा गोली लागेको थियो र पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:५४
Weather Update