राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया, राखियो पेसमेकर

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको मंगलबार छातीको शल्यक्रिया भएको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरिएको हो ।
अस्पताल स्रोतका अनुसार पौडेलको मुटुमा पेसमेकर राखिएको छ। पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो। यो यन्त्रले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।
मुटुको चालमा समस्या आएपछि उनलाई गत शनिबार अस्पताल लगिएको थियो। सोही दिननै पौडेल अस्पतालमा भर्ना भएका थिए ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १४:३५