रुलिङमा एकरुपता हुनुपर्ने एमाले सांसद पन्तको माग
काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा रुलिङमा एकरुपता हुनु पर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसद पन्तले संसदमा नलेखिएको विषयमा छलफल अघि बढाउन नमिल्ने बताए ।
उनले भने,‘आज हामी लुम्बिनी नाम नलेखिएकोमा यो छलफल अगाडि बढायौं भने भोलि नागरिक उड्डयनले पनि नाम नलेखी ल्यायो भने छलफल अगाडि बढाउँछौ कि बढाउँदैनौं । त्यो त सभामुखज्यूले दिएको रुलिङग कै विरुद्ध हुन्छ । त्यसैले आज रुलिङगमा यो प्रष्ट हुनुपर्छ कि रुलिङमा एकरुपता हुनुपर्छ सभामुख महोदय । हामी यो लुम्बिनी नाम नलेखेको शीर्षकमा छलफल गर्छौं भने कोशी नाम नलेखेको शीर्षकमा छलफल गछौं कि गदैनौं ? त्यसकारणले यसलाई सच्चाएर ल्याएपछि मात्र यसमा छलफल हुनुपर्छ । नत्र छलफल अगाडि बढ्न हुँदैन ।’
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १४:०३