सिंहदरबारमा दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं— मंगलबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । सिंहदरबारमा अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ ।
अर्थ समितिमा नयाँ धितोपत्र दलाल र धितोपत्र व्यापार अनुमतिपत्र प्रदान गर्दा अपनाएका प्रक्रिया र मापदण्डबारे धितोपत्र बोर्डका पदाधिकारीसँग छलफल हुनेछ ।
त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र राहदानी व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०९:१४