News Griha :: न्यूजगृह
सांसदको प्रश्न— विद्यालय कर्मचारीलाई आत्मदाह गराउन खोजिएको हो ?

काठमाडौं— सांसद रेखा यादवले सामुदायिक विद्यालय कर्मचारीलाई आत्मदाहतिर अग्रसर गर्न लागेको हो ? भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।

सोमबार बसेको संघीय संसद्को बैठकमा बोल्दै उनले छिटोभन्दा छिटो विद्यालय कर्मचारीका माग पूरा गराएर आत्मदाह गर्नबाट जोगाउनुपर्ने बताइन् ।

उनले भनिन्,‘सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई श्रमशोषण गरेको भएर आत्मदाहतिर अग्रसर पार्न लागेको हो की भन्ने शंका लागेको छ ।’

सरकारसँग सेवासुविधा, तलबलगायत विभिन्न माग गर्दै विद्यालय कर्मचारीहरु दुई हप्तादेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलित छन् ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०६:५३
Weather Update