मुलुकको नेतृत्व गर्नेहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए : कृष्ण सिटौला

काठमाडौं— नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको नेतृत्व गर्नेहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनमा नेता सिटौलाले नेताहरूमा राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताए ।
उनले भने,‘आम जनताले चाहेको जस्तो देश बनाउने जे सपना बोकेका थिए । त्यो चाहेजस्तो बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्छ । नेताहरूमा पार्टी र राष्ट्रको स्वार्थभन्दा निजी स्वार्थ हावी भयो ।’
पछिल्लो समय नेताहरुमा मात्रै नभएर सरकार, संसद, न्यायालय, राज्यका संवैधानिक निकायहरू समेत संविधानले तय गरेको गन्तव्य, मूल्यमान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको उनको ठम्याइ छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० २०:३७