News Griha :: न्यूजगृह
पूर्णबहादुर खड्काको गगनलक्षित अभिव्यक्ति– औंला ठड्याएर पार्टीमा रूपान्तरण हुँदैन

काठमाडौं— उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औंला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरे । उनले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताए ।

उनले भने,‘मेरा कमजोरी र गल्तीहरुलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने की नहुने ? म रुपान्तरण हुन तयार हुने हो । व्यवहारतः जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा । सबै शैलीमा म रुपान्तरण हुन तयार हुने हो, सच्याएर रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रुपान्तरणको प्रक्रिया सुरु हुन्छ, चाहे पार्टीको होस्, रुपान्तरणको प्रक्रिया सुरु हुन्छ ।’

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १९:५८
Weather Update